२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रास्वपाद्वारा १४ केन्द्रीय विभागका प्रमुखहरू मनोनयन, कुन विभागमा को ?

images

  • २०८३ असोज १७, शनिबार
  • 246
    SHARES
  • रास्वपाद्वारा १४ केन्द्रीय विभागका प्रमुखहरू मनोनयन, कुन विभागमा को ?

    काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठन सुदृढीकरण र कार्यविभाजनलाई तीव्रता दिँदै विभिन्न १४ वटा केन्द्रीय विभागका प्रमुखहरू मनोनयन गरेको छ।

    शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले १४ वटा विभागमा प्रमुख तथा एक विभागमा उपप्रमुख र सदस्यसमेत मनोनयन गरेको निर्णय सार्वजनिक गरेको हो। पार्टी प्रवक्ता जगदीश खरेलले दिएको जानकारीअनुसार पार्टीका सांगठनिक गतिविधिलाई चुस्त र व्यवस्थित बनाउन यो कदम चालिएको हो।

    बैठकका मुख्य निर्णयहरू:

    • १४ विभागका प्रमुख चयन : पार्टीको नीति, अनुसन्धान, प्रशिक्षण तथा विभिन्न क्षेत्रगत कार्य हेर्ने गरी १४ वटा विभागमा विभागीय प्रमुख तोकिएको छ।

    • उपप्रमुख र सदस्य मनोनयन : एउटा विभागमा उपप्रमुख र अर्को एक विभागमा आवश्यक सदस्यसमेत थपेर सांगठनिक संरचना पूर्ण गराइएको छ।

    • संगठन विस्तारमा जोड : नयाँ मनोनयनसँगै सम्बन्धित विभागहरूलाई आ-आफ्नो क्षेत्रको कार्ययोजना तयार गरी तत्काल मैदानमा खटिन निर्देशन दिइएको छ।

    पार्टीका प्रवक्ता खरेलका अनुसार केन्द्रीय समितिको यस निर्णयले रास्वपाको आन्तरिक व्यवस्थापन, नीतिगत तयारी र जनसम्पर्कलाई अझ प्रभावकारी र संस्थागत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

    कुन विभागमा को प्रमुख?

    प्रवास सम्पर्क विभाग प्रमुख, मनिष झा

    कानुनी, मामिला तथा संस्थागत अनुपालन विभागमा, मोहनलाल आचार्य

    आर्थिक व्यवस्थापन विभाग प्रमुख, मनोहर प्रधान

    सुशासन तथा राज्य व्यवस्थापन विभाग, सुदीप ढकाल

    सामाजिक न्याय, लैगिक समानता तथा समावेशीता विभाग, रुविना आचार्य

    कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग, ज्ञानेन्द्र महता

    विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग, सुलभ खरेल

    आपूर्ती, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग, शर्मिला खनाल

    श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग, दीपकुमार साह

    वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभाग, धर्म केसी

    विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग, आनन्दबहादुर चन्द

    सामाजिक, न्याय तथा समता प्रवर्द्धन विभाग, रिमा विश्वकर्मा

    संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग, डा. धनन्जय रेग्मी, सदस्य : सम्राट बुढाथोकी

    उपप्रमुख

    अभियान तथा प्रचार प्रचार विभाग उपप्रमुख

    अर्थ विभाग–डिल्लिश्वोर कार्की (रोहन)

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ