२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

images

  • २०८३ असोज २४, शनिबार
  • 241
    SHARES
  • नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

    काठमाडौँ :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका साथ निर्वाचित भएका छन् । 

    हिजो शुक्रबार राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ भने थापाका निकटतम प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरेका थिए। 

    यस्तै, केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो जसमध्ये ६ हजार ९ सय ५९ मत सदर भएको थियो भने ५४ मत बदर भएको छ ।  

    नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) तथा निर्वाचन निर्देशिका–२०८३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी मतगणना सम्पन्न पश्चात् निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्य–सचिव राजु कटुवाल तथा सदस्य सुजन लोप्चनले मत परिणाम प्रमाणीकरण गर्दै थापा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ