काठमाडौँ : दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्न लागेको २०२७ को आईसीसी एकदिवसीय (ODI) विश्वकपको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा आयोजित विशेष समारोहमा आईसीसीले प्रतियोगिताको ढाँचा र टोलीको समूह सार्वजनिक गरेको हो।
समूह विभाजन
विश्वकपको मुख्य चरणमा १२ टोलीहरूलाई दुई फरक समूहमा राखिएको छ:
-
समूह ‘ए’ : भारत, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, जिम्बाबे र छनोट चरण (क्वालिफायर) बाट आउने १ टोली।
-
समूह ‘बी’ : दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्युजिल्यान्ड, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने १ टोली।
उद्घाटन वा समूह चरणको पहिलो खेलमै साविक विजेता अस्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुनेछ। २०२३ को विश्वकप फाइनलमा अस्ट्रेलियाले भारतलाई पराजित गर्दै उपाधि हात पारेको थियो।
प्रतियोगिताको नयाँ ढाँचा (Format) :
२०२७ को विश्वकप नयाँ ढाँचामा खेलाइनेछ। मुख्य चरणमा पुग्न र अगाडि बढ्न टोलीहरूले निम्न प्रक्रिया पार गर्नुपर्नेछ:
१. मुख्य चरणको यात्रा :
-
-
ओडीआई (ODI) वरियताका शीर्ष ८ टोलीका साथै आयोजक राष्ट्रहरू दक्षिण अफ्रिका र जिम्बाबे सोझै मुख्य चरणमा प्रवेश गरिसकेका छन्।
-
बाँकी दुई टोलीको टुंगो विश्वकप छनोट (Qualifiers) र ‘सुपर सिरिज’ बाट लाग्नेछ।
२. ‘सुपर सिरिज’ को भूमिका :
-
छनोट प्रतियोगिताको विजेता टोली सोझै मुख्य चरण (११औँ टोलीका रूपमा) मा प्रवेश गर्नेछ।
-
छनोटमा दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीहरूले ‘सुपर सिरिज’ मा प्रतिस्पर्धा गर्नेछन्। यस सिरिजमा शीर्ष स्थान ल्याउने टोलीले १२औँ टोलीका रूपमा मुख्य चरणमा प्रवेश पाउनेछ।
३. ‘सुपर ७’ र नकआउट चरण :
-
दुवै समूहका शीर्ष ३-३ टोली र दुवै समूहमध्ये उत्कृष्ट प्रदर्शन गर्ने थप १ टोली गरी कुल ७ टोली ‘सुपर ७’ चरणमा पुग्नेछन्।
-
‘सुपर ७’ मा सबै टोलीले एक-अर्काविरुद्ध (राउन्ड रोबिन) खेल्नेछन् र शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
-
-
-
विश्वकप छनोट प्रतियोगितामा कुल १० टोली रहनेछन्। यसमा ओडीआई वरियताका दुई पूर्ण सदस्य राष्ट्र, आईसीसी लिग-२ का शीर्ष चार टोली र छनोट प्लेअफबाट आउने चार टोलीबीच प्रतिस्पर्धा हुनेछ।




