काठमाडौँ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी मंसिर १ गतेदेखि काठमाडौँ उपत्यकामा ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने बताएकी छन्।
उपभोक्तालाई स्वच्छ, सफा र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले लामो समयदेखि थन्किएर बसेको उक्त ऐनलाई प्राथमिकताका साथ लागू गर्न लागिएको मन्त्री चौधरीले जानकारी दिइन्। मन्त्रालयद्वारा सोमबार आयोजित उपत्यकाका स्थानीय जनप्रतिनिधिहरूसँगको छलफल कार्यक्रममा उनले यस्तो घोषणा गरेकी हुन्।
चरणबद्ध रूपमा देशैभर लागू गर्ने :
ऐन कार्यान्वयनको कार्ययोजनाबारे जानकारी दिँदै मन्त्री चौधरीले यसलाई तीन चरणमा देशभर विस्तार गरिने बताइन्:
-
पहिलो चरण (मंसिर १) : काठमाडौँ उपत्यका
-
दोस्रो चरण (माघ १) : देशभरका अन्य नगरपालिकाहरू
-
तेस्रो चरण (२०८४ साउन १) : देशैभरका सम्पूर्ण स्थानीय तहहरू



