काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र क्यानाडा सम्मिलित त्रिकोणात्मक सिरिजको तयारीमा रहेको घरेलु टोली ओमान अभ्यास खेलमा पराजित भएको छ। मुम्बईको टोलीसँग भएको एकदिवसीय अभ्यास खेलमा ओमान ४० रनले पराजित भएको हो।
खेलमा मुम्बईले प्रस्तुत गरेको २३१ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ४३.२ ओभरमा १ सात ९० रनमै अलआउट हुन पुग्यो। मुम्बईको अनुशासित बलिङ सामु ओमानी ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन्।
विश्वकप लिग–२ सिरिजको मुख्य खेलहरू अघि आफ्नो स्थिति मजबुत बनाउने उद्देश्यका साथ ओमान अभ्यास सत्रमा व्यस्त छ। यसै सिरिज अन्तर्गत ओमानले नेपालसँग अक्टोबर १३ र १९ मा (असोज २७ र कात्तिक ३ गते) दुईवटा एकदिवसीय खेल खेल्ने तालिका रहेको छ।