२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनपिएल–३ को प्रत्यक्ष प्रसारणका लागि क्यानद्वारा टेन्डर आह्वान 

images

  • २०८३ भदौ २२, सोमबार
  • 271
    SHARES
  • एनपिएल–३ को प्रत्यक्ष प्रसारणका लागि क्यानद्वारा टेन्डर आह्वान 

    काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को प्रत्यक्ष प्रसारण (लाइभ फिड) का लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ। क्यानले सोमबार सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रक्रियामार्फत लाइभ फिड उत्पादनका लागि योग्य कम्पनीहरूबाट आवेदन मागेको हो

    क्यानका अनुसार यो खरिद प्रक्रिया ‘एकल चरण एकल खाम’ विधिमार्फत सम्पन्न गरिनेछ। इच्छुक तथा योग्य नेपाली वा अन्तर्राष्ट्रिय कम्पनीहरूले क्यानको मूलपानीस्थित कार्यालयबाट वा आधिकारिक वेबसाइटमार्फत बोलपत्र सम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन्।

    बोलपत्र कागजात खरिद गर्नका लागि नेपाली कम्पनीको हकमा १०,००० (गैर–फिर्तायोग्य) र विदेशी कम्पनीको हकमा ६६ अमेरिकी डलर दस्तुर तोकिएको छ। उक्त दस्तुर सिद्धार्थ बैंक लिमिटेडको हात्तीसार शाखामा रहेको क्यानको खातामा जम्मा गरी बैंक भौचर वा कारोबारको प्रमाण बोलपत्रसँगै पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

    क्यानका अनुसार बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म यसको मान्यता रहनेछ भने जमानत रकमको मान्यता ९० दिनभन्दा थप ३० दिन हुनुपर्नेछ। तोकिएको अन्तिम समयसीमा भन्दा ढिला प्राप्त हुने बोलपत्रलाई समावेश नगरिने क्यानले जनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ