२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

images

  • २०८३ भदौ २१, आइतबार
  • 271
    SHARES
  • नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

    काठमाडौँ : नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

    साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा कप्तान रोहित पौडेलले अविजित २४ रन बनाएका थिए ।

    त्यसअघि इशान पान्डेले ४० तथा देव खनालले ३९ रन बनाएका थिए । आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाएका थिए । साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले २-२ तथा मोहम्मद हिशमले १ विकेट लिएका थिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९।२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाएका थिए । मोहम्मद आतिफले ३० रन बनाएका थिए । मोहम्मद हिशम शेखले १८ रन बनाएका थिए ।

    नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिएका थिए । ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ तथा शेर मल्लले १ विकेट लिएका थिए । यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ