२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

तीजको कार्यक्रम स्थगित गर्दै निसर्ग हस्पिटलद्वारा बाढीपीडितका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

images

  • २०८३ भदौ ११, बिहीबार
  • 306
    SHARES
  • तीजको कार्यक्रम स्थगित गर्दै निसर्ग हस्पिटलद्वारा बाढीपीडितका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    काठमाडौँ : धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरले भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

    संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत हस्पिटलले विपद्को यस कठिन घडीमा बाढीपीडितहरूको घाउमा मलम लगाउन उक्त रकम सहयोग स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो।

    त्यसैगरी, भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भई सिंगो देश शोकमा डुबेकाले निसर्ग हस्पिटलले यस वर्ष हरितालिका तीजको अवसरमा कुनै पनि औपचारिक वा सांस्कृतिक कार्यक्रम आयोजना नगर्ने जनाएको छ। कार्यक्रमका लागि हुने सम्भावित खर्चसमेत कटौती गरी राहत कोषमा जोड्दै हस्पिटल परिवारले पीडितहरूप्रति ऐक्यबद्धता जनाएको छ।

    अस्पताल प्रशासनका अनुसार उक्त सहयोग रकमले प्रभावित क्षेत्रका नागरिकहरूलाई खाद्यान्न, स्वास्थ्योपचार तथा पुनर्स्थापनाका कार्यमा महत्त्वपूर्ण राहत पुग्ने विश्वास लिइएको छ। साथै, संकटको समयमा देखावटी उत्सवभन्दा सामाजिक र मानवीय जिम्मेवारी प्राथमिकतामा पर्नुपर्ने सन्देश निसर्ग हस्पिटलले दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ