काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका बासिन्दा तथा उद्धार टोलीहरूका बीच सहज सञ्चार सम्पर्क कायम राख्न नेपाल टेलिकमले विशेष राहत प्याकेजको घोषणा गरेको छ।
नेपाल टेलिकमले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्र तथा पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी र मुग्लिङ्ग-नारायणगढ सडक खण्डका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी यो सुविधा सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार २०८३ भाद्र १० र ११ गते (दुई दिन) का लागि निःशुल्क सेवाहरू उपलब्ध गराइएको छ :
-
भ्वाइस सेवा : अनलिमिटेड निःशुल्क कल (Unlimited Voice)
-
डेटा सेवा : दैनिक २ जीबी डेटा (2 GB Per Day Data)
-
एसएमएस सेवा : ५० वटा निःशुल्क एसएमएस (50 SMS)



