२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

श्रीलंकामाथि सानदार जितसँगै न्युजिल्यान्डले सेमिफाइनल खेल्ने उच्च सम्भावना

images

  • २०८० कात्तिक २३, बिहीबार
  • 1.1K
    SHARES
  • श्रीलंकामाथि सानदार जितसँगै न्युजिल्यान्डले सेमिफाइनल खेल्ने उच्च सम्भावना

    कात्तिक २३, काठमाडौं : न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा श्रीलंकामाथि ५ विकेटको सानदार जित हात पार्दै सेमिफाइनल लगभग पक्का पक्की जस्तै भएको छ। न्युजिल्यान्ड ९ खेलमा ५ मा जित र ४ मा हारसहित ४ मा हारका साथ चौथो स्थानमा छ।

    जितको लागि १७२ रनको मध्यम विजयी लक्ष्य न्युजिल्यान्डले २३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। न्युजिल्यान्डका लागि डर्याल मिचेलले सर्वाधिक ४३ रन,ओपनर डेभन कन्वेले ४५ रन, रचिन रविन्द्रले ४२ रन, ग्लेन फिलिप्सले १७ रन, केन विलियम्सनले १४ बनाएका थिए। 

    बलिङमा श्रीलंकाका एन्जिलो म्याथ्युजले २ विकेट तथा महेश थिक्सेना र दुश्मान्था चामिराले १/१ विकेट लिएका थिए। 

    त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४६.४ ओभरमा १७१ रनमा अल आउट भएको थियो। श्रीलंकाका ओपनर कुशल परेराले सर्वाधिक ५१ रन बनाएका थिए। महेश थिक्सेनाले ३८ रन, दिलशान मदुशानका र धनन्जय डि सिल्भाले समान १९/१९ रन र एन्जिलो म्याथ्युज १६ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
     
    बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टलले ३ विकेट तथा लोकी फर्गुसन, मिचेल सान्टनार र रचिन रविन्द्रले समान २ विकेट लिएका थिए।

    अव सेमिफाइनलमा अफगानिस्तान र पाकिस्तान मात्रै पुग्न सक्छन् तर नेटरनरेटको कारण पाकिस्तान र अफगानिस्तान दुबै बाहिरिने उच्च सम्भावना छ।आजको हारसँगै श्रीलंकाको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कम भएको छ। भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन्।   

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ