काठमाडौँ : काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो-२०२६’ ’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार पहिलो दिनमै ३० हजारभन्दा बढी अवलोकनकर्ताले मेलाको भ्रमण गरेका छन्।
यसपटक अटो शोको मुख्य आकर्षणका रूपमा हिँडिरहेका रोबोटहरू (जी-१ ह्युमनोइड र गो-२ क्वाड्रुपेड) रहेका छन्, जससँग तस्बिर खिच्न र हात मिलाउन मेलामा बाक्लो भीड लागेको छ। साथै, सिप्रदीले नेपालमै तयार पारेको विद्युतीय स्कुटर ‘यात्री पीटू’ र विद्युतीय गाडी चार्जिङ स्टेसनको लाइभ डेमोले पनि अवलोकनकर्ताको ध्यान खिचेको छ।
प्रदर्शनीका मुख्य विशेषताहरू :
-
गाडीका मोडलहरू : पहिलो दिन दुईपांग्रेदेखि चारपांग्रे गरी कुल ५६ वटा नयाँ मोडलका गाडीहरू सार्वजनिक गरिएका छन्।
-
ब्रान्ड र स्टल संख्या : १५० भन्दा बढी ब्रान्डहरूको सहभागिता रहेको यस शोमा कुल २०० वटा स्टलहरू राखिएका छन्।
-
प्रदर्शित सवारीहरू : चारपांग्रे (२६ मोडल), मोटरसाइकल तथा स्कुटर (१८ मोडल), र कमर्सियल भेहिकल (१२ मोडल) उपलब्ध छन्।
प्रमुख नयाँ सार्वजनिक सवारीहरू :
पहिलो दिन विभिन्न कम्पनीहरूले नयाँ विद्युतीय तथा इन्धन गाडीहरू बजारमा ल्याएका छन्।
-
सीजी एमएडब्लू इभोलुसन : अवतार ०७
-
एलआरआर मोटर्स : चिनियाँ विद्युतीय कार 'बीई ११'
-
टाटा मोटर्स : प्रिमियम एसयूभी 'सिएरा ईभी'
-
डोङफेङ : इपाई ००७ र एमहिरो १
-
एमभी दुगड ग्रुप र रिभोल्ट मोटर्स : इलेक्ट्रिक बाइक 'अल-न्यु आरभीएक्स'



