२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल टेलिकमद्वारा ‘आउटबाउन्ड आईभीआर’ सेवा सञ्चालन, एकैपटक हजारौँलाई भ्वाइस म्यासेज पठाउन सकिने

images

  • २०८३ भदौ ९, मंगलबार
  • 566
    SHARES
  • नेपाल टेलिकमद्वारा ‘आउटबाउन्ड आईभीआर’ सेवा सञ्चालन, एकैपटक हजारौँलाई भ्वाइस म्यासेज पठाउन सकिने

    काठमाडौँ : नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरूसम्म पूर्व-रेकर्ड गरिएका सन्देशहरू पुर्‍याउन सकिने ‘आउटबाउन्ड आईभीआर’ (Outbound IVR) सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत व्यावसायिक, संस्थागत तथा सूचनामूलक जानकारीहरू बढीमा एक मिनेटसम्मको भ्वाइस म्यासेजका रूपमा धेरै व्यक्तिहरूसम्म सहजै पठाउन सकिनेछ।

    यसअघि टेलिकमले आफ्ना आन्तरिक प्रयोजनका लागि मात्र परीक्षणका रूपमा सञ्चालन गरिरहेको यो प्रविधिलाई अब संस्थागत तथा व्यक्तिगत ग्राहक दुवैका लागि खुला गरिएको हो। आधुनिक सञ्चार प्रविधिमा आधारित यो प्रणाली सामूहिक सूचना प्रवाह, बजारीकरण तथा विज्ञापनका लागि एक अत्यन्तै प्रभावकारी माध्यम बन्ने अपेक्षा टेलिकमले लिएको छ।

    विशेष गरी शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी निकाय, वित्तीय संस्था र व्यवसायीहरूका लागि यो सेवा उपयोगी हुनेछ। कुनै पनि महत्त्वपूर्ण सूचना, परीक्षाको नतिजा, आकस्मिक जानकारी वा विभिन्न सेवा तथा उत्पादनको प्रवर्द्धनात्मक सामग्री एकैपटक धेरै ग्राहक वा सर्वसाधारणसम्म पुर्‍याउन यो प्रणाली निकै सहयोगी मानिएको छ।

    यो सेवा प्रयोग गर्न चाहने कार्यालय, व्यवसायी वा व्यक्तिले कल गर्नुपर्ने नम्बरहरूको सूची र पठाउनुपर्ने अडियो (भ्वाइस) फाइल टेलिकमलाई उपलब्ध गराएर आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। सन्देश प्राप्त गर्ने ग्राहकको फोनमा कल आउँदा सूचना पठाउने संस्था वा ग्राहककै नाममा दर्ता रहेको आधिकारिक नम्बर ‘कलर आईडी’का रूपमा देखिने व्यवस्था मिलाइएको छ।

    हालका लागि यो सेवा लिन इच्छुक ग्राहकहरूले काठमाडौँको सुन्धारास्थित दूरसञ्चार कार्यालय पुगेर तोकिएको फारम भरी प्रक्रिया अगाडि बढाउन सक्ने नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन्। सेवाको शुल्क, ढाँचा र अन्य विस्तृत विवरणका लागि नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत जानकारी लिन सकिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ