काठमाडौँ : नेपाली इभी बजारमा छोटो समयमै बलियो पहिचान बनाउन सफल 'नामी' ब्रान्डले आफ्नो नयाँ संस्करण बजारमा ल्याउने भएको छ। कम्पनीका अनुसार आगामी नाडा अटो शो २०२६ को अवसर पारेर नयाँ 'नामी बक्स' (Nammi Box) औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको छ।
सन् २०२४ मा पहिलो पछिल्लो पटक नेपाली बजारमा भित्रिएको नामी बक्सले आफ्नो आकर्षक लुक, भेराइटी रङ, उत्कृष्ट रेन्ज र फराकिलो इन्टेरियरका कारण गाडी पारखीहरूको ध्यान खिचेको थियो। विशेष गरी सहरी सडक र दैनिक प्रयोगका लागि यो विद्युतीय कार धेरैको रोजाइमा पर्दै आएको छ।
नेपालमा नामीको उपस्थिति:
-
सडकमा गुडिरहेका गाडी : २,००० भन्दा बढी युनिट
-
भर्खरै आएको मोडल : नामी भिगो (Nammi Vigo) इ-२ को सफल सुरुवात
-
नयाँ योजना : परिष्कृत फिचर्ससहित नयाँ नामी बक्सको आगमन



