२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जापानिज इन्सेफालाइटिसको जोखिम बढ्यो : उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

images

  • २०८३ भदौ ८, सोमबार
  • 276
    SHARES
  • जापानिज इन्सेफालाइटिसको जोखिम बढ्यो : उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

    काठमाडौँ : नेपालमा जापानिज इन्सेफालाइटिस (जेई) को संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

    मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार संक्रमणका कारण हालसम्म २१ जनाको ज्यान गइसकेको छ। विशेष गरी तराईका जिल्लाहरूमा यसको असर व्यापक देखिएको छ। धानखेत तथा सुँगुर, बँगुर र हाँस पालन गरिएका क्षेत्र वरपर बसोबास गर्ने मानिसहरूमा संक्रमणको जोखिम बढी देखिएको मन्त्रालयले जनाएको छ।

    यो रोग सुँगुर वा हाँस जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा सर्ने गर्दछ। स्वास्थ्य अधिकारीहरूका अनुसार जेई संक्रमित तीन जनामध्ये एक जनाको मृत्यु हुने र बाँचेकामध्ये एक जनामा दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी जटिल समस्या देखिने उच्च खतरा रहन्छ।

    संक्रमणका प्रमुख लक्षणहरू : 

    • उच्च ज्वरो आउनु

    • कडा टाउको दुख्नु

    • बेहोस हुने वा चेतनामा परिवर्तन आउनु

    • शरीर झट्किने वा काम्ने (सेजर्स)

    बच्ने र रोकथामका उपायहरू

    • खोप : जापानिज इन्सेफालाइटिस विरुद्धको खोप अनिवार्य रूपमा लगाउने।

    • लामखुट्टेबाट बचावट : घरका झ्याल तथा ढोकामा जाली हाल्ने, बाहिर निस्कँदा हात र खुट्टा ढाक्ने पूरा कपडा लगाउने र सुत्दा सधैँ झुलको प्रयोग गर्ने।

    • सरसफाइ : घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने र सरसफाइमा ध्यान दिने।

    • मलहम र धुप : लामखुट्टे भगाउने धुप बाल्ने वा शरीरमा लामखुट्टेबाट बचाउने मलम (रिपेलेन्ट) प्रयोग गर्ने।

    मन्त्रालयले घरेलु उपचारमा समय नखर्चिई लक्षण देखिनेबित्तिकै बिरामीलाई तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पताल लैजान आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ