२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

स्वास्थ्य बीमाको नयाँ आबद्धता र नवीकरण अब अनलाइनबाटै हुने

images

  • २०८३ साउन ३१, आइतबार
  • 241
    SHARES
  • स्वास्थ्य बीमाको नयाँ आबद्धता र नवीकरण अब अनलाइनबाटै हुने

    काठमाडौँ : स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीको सहजताका लागि नयाँ बीमा आबद्धता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण (केवाइसी) अद्यावधिक गर्न सकिने गरी अनलाइन प्रणालीको सुरुआत गरेको छ।

    बोर्डका अनुसार अब व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत परिवारलाई स्वास्थ्य बीमामा जोड्न तथा नवीकरण गर्न सकिनेछ। यस प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिएको छ भने राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले पनि आवश्यक विवरण म्यानुअल रूपमा डिजिटल माध्यमबाट पेस गर्न सक्ने व्यवस्था मिलाइएको छ।

    बीमा शुल्क इसेवा (eSewa), खल्ती (Khalti) र कनेक्ट आईपीएस (ConnectIPS) जस्ता डिजिटल वालेट तथा माध्यमबाट भुक्तानी गर्न सकिनेछ।  यसअघि स्वास्थ्य बीमा गरेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी आफ्नो विवरण अद्यावधिक र नवीकरण गर्न सक्नेछन्। 
     कार्यालय वा संगठित क्षेत्रका लागि एकैपटक धेरै जनाको नाममा आबद्धता र नवीकरण गर्न सकिने सुविधा उपलब्ध गराइएको छ। सम्बन्धित जिल्ला तथा प्रदेश कार्यालयबाट विवरण प्रमाणीकरण र स्वीकृति भएपश्चात् विद्युतीय स्वास्थ्य बीमा परिचयपत्र जारी हुनेछ।


    विद्युतीय प्रणालीको कार्यान्वयनसँगै स्वास्थ्य बीमामा आबद्ध हुने र नवीकरण गर्ने प्रक्रिया थप सहज हुनेछ। यसले सेवाग्राहीको समयको बचत गर्नुका साथै सेवा प्रवाहमा पारदर्शिता बढाउने बोर्डको अपेक्षा छ। साथै, विवरण अद्यावधिकमार्फत बीमितको तथ्याङ्क अझ बढी व्यवस्थित र शुद्ध हुने विश्वास लिइएको छ।

    इच्छुक तथा सेवाग्राहीहरूले स्वास्थ्य बीमासम्बन्धी अनलाइन आबद्धता र नवीकरणका लागि बोर्डको आधिकारिक पोर्टल https://eportal.hib.gov.np मार्फत सेवा लिन सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ