२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालको ओडीआई मान्यता जोगाउने चुनौती : शीर्ष ६ मा रहने सम्भावना जीवित, तर समीकरण जटिल

images

  • २०८३ साउन १८, सोमबार
  • 486
    SHARES
  • नेपालको ओडीआई मान्यता जोगाउने चुनौती : शीर्ष ६ मा रहने सम्भावना जीवित, तर समीकरण जटिल

    काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत लगातारको खराब प्रदर्शनपछि नेपालको शीर्ष चारभित्र अटाउने र विश्वकप छनोट खेल्ने सम्भावना लगभग समाप्त भएको छ। शीर्ष चारको दौडबाट पछि हटेसँगै अब नेपाली टोलीको मुख्य ध्यान शीर्ष ६ मा स्थान सुरक्षित गर्दै आफ्नो एकदिवसीय (ODI) मान्यता जोगाउनुमा केन्द्रित भएको छ।

    हाल अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित छैटौं स्थानमा कायम रहेको छ। तर, नेपालभन्दा एक खेल कम खेलेको क्यानडाको पनि समान २४ अंक नै रहेकाले क्यानडाले आगामी खेलमा राम्रो नतिजा निकाले नेपाल सातौं स्थानमा झर्ने स्पष्ट खतरा रहेको छ।

    शीर्ष चारको समीकरण अब नेपालको पक्षमा नरहेको स्पष्ट देखिन्छ। नेपालले अब खेल्न बाँकी चार खेलमध्ये एक खेल मात्र गुमाएमा वा ओमानले बाँकी आठ खेलमध्ये मात्र एक जित निकालेमा पनि नेपालको शीर्ष चारमा पुग्ने गणितीय सम्भावना सधैंको लागि अन्त्य हुनेछ।

    आईसीसीको नियम अनुसार लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र रहन सक्ने टोलीले मात्र स्वतः ओडीआई मान्यता जोगाउनेछन्। यदि नेपाल सातौं वा आठौं स्थानमा सीमित हुन पुग्यो भने, एकदिवसीय मान्यता जोगाउन नेपाली टिमले आगामी दिनमा थप कठिन प्लेअफ तथा छनोट परीक्षाको सामना गर्नुपर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ