२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

स्मार्ट लाइसेन्सको ‘ब्याकलग’ अन्त्य : नयाँ अनुमतिपत्र २४ घण्टाभित्रै छापिने

images

  • २०८३ असार ३२, बिहीबार
  • 446
    SHARES
  • स्मार्ट लाइसेन्सको ‘ब्याकलग’ अन्त्य : नयाँ अनुमतिपत्र २४ घण्टाभित्रै छापिने

    काठमाडौँ : लामो समयदेखि रोकिँदै आएको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अब नयाँ लाइसेन्सका लागि आवेदन दिएका सेवाग्राहीहरूले धेरै समय पर्खिनुपर्ने छैन। यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै अनुमतिपत्र छापेर उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

    मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएको दुई चरणको सम्झौताअनुसार कुल २७ लाख थान स्मार्ट लाइसेन्स छपाइको काम सकिएको हो। यससँगै विगत लामो समयदेखि बाँकी रहेको लाइसेन्सको ‘ब्याकलग’ पूर्ण रूपमा समाप्त भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    दुई चरणमा यसरी भयो छपाइ :
    पहिलो चरण : २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार सुरुमा १२ लाख स्मार्ट लाइसेन्स छापिएको थियो।

    दोस्रो चरण : बाँकी रहेका आवेदनहरू सम्बोधन गर्न २०८३ वैशाख ४ गते दोस्रो सम्झौता गरी थप १५ लाख अनुमतिपत्र छाप्ने कार्य सुरु गरिएको थियो, जुन २०८३ असार ३२ गते सम्पन्न भयो।

    हाल सुरक्षण मुद्रण केन्द्रले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा नवीकरण गरेका सेवाग्राहीको दैनिक प्राप्त हुने ३ हजारदेखि ५ हजार विवरणका आधारमा २४ घण्टाभित्रै लाइसेन्स तयार पारिरहेको छ।

    अन्य सुरक्षण सामग्री पनि स्वदेशमै छापिने :
    मन्त्रालयका अनुसार अब सातै प्रदेशका यातायात मन्त्रालयसँग समन्वय गरी छपाइसम्बन्धी थप सम्झौता गर्ने तयारी भइरहेको छ। सवारीचालक अनुमतिपत्र मात्र नभई अब आगामी दिनमा नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट र जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) जस्ता महत्त्वपूर्ण सुरक्षण सामग्रीहरू पनि स्वदेशमै उत्पादन गर्ने योजना रहेको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ। यी सामग्रीहरू देशभित्रै छाप्न थालेपछि करोडौँ रुपैयाँ विदेशिनबाट जोगिने र मुलुकभित्रै रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ