२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अन्तिम १३ मिनेटमा ३ गोल: अर्जेन्टिनाको ऐतिहासिक कमब्याकको साथै जित

images

  • २०८३ असार २४, बुधबार
  • 471
    SHARES
  • अन्तिम १३ मिनेटमा ३ गोल: अर्जेन्टिनाको ऐतिहासिक कमब्याकको साथै जित

    काठमाडौँ :  फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको खेलमा इजिप्टविरुद्ध ३–२ गोलको पुनरागमन जित निकाल्दै क्वार्टरफाइलन (अन्तिम ८) मा प्रवेश गरेको हो ।

    खेलको ७८औँ मिनेटसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछिका १३ मिनेटमा तीन गोल गर्दै सनसनीपूर्ण जित निकालेको हो । इजिप्टका यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गर्दा अर्जेन्टिनाका क्रिस्टियन रोमेरो, लियोनल मेसी र एन्जो फर्नान्डेजले एक–एक गोल गरेका थिए ।

    खेलको १५औँ मिनेटमा इजिप्टका यासेरले गोल गर्दै सुरुवाती अग्रता लिएका थिए । त्यसपछि ६७औँ मिनेटमा मोस्ताफाले गोल गर्दै इजिप्टलाई २–० को अग्रता दिलाए थिए ।

    त्यसपछि ७९औँ मिनेटमा अर्जेन्टिनाका रोमेरोले गोल गर्दै टोलीलाई २–१ गोलको स्थितिमा ल्याए । यस्तै, मेसीले ८३औँ मिनेट र इन्जुरी समयको तेस्रो मिनेटमा फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ