२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

त्रिविले १७ संघ–संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न निर्देशन

images

  • २०८३ वैशाख १७, बिहीबार
  • 626
    SHARES
  • त्रिविले १७ संघ–संस्थालाई ३५ दिनभित्र जग्गा खाली गर्न निर्देशन

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ। विश्वविद्यालयको सामान्य प्रशासन महाशाखाले ४ वैशाखमा जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको आधारमा हालसम्म १७ वटा संघ–संस्था र संगठनलाई पत्राचार गरी जग्गा खाली गर्न निर्देशन दिएको हो।

    महाशाखा प्रमुख राजबहादुर राईका अनुसार, विश्वविद्यालयको करिब २ हजार रोपनीभन्दा बढी जग्गा विभिन्न निजी, धार्मिक तथा संस्थागत प्रयोगमा रहेको पाइएको छ। कीर्तिपुर क्षेत्रमै मात्र करिब १ हजार ५ सय रोपनी जमिन विभिन्न संस्थाले भोगचलन गर्दै आएको प्रतिवेदनमा उल्लेख छ।

    त्रिविको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदन’ अनुसार, अतिक्रमित जग्गा फिर्ता ल्याउन विश्वविद्यालयले कानुनी प्रक्रिया अघि बढाएको छ। त्रिभुवन विश्वविद्यालयले पत्र काटेका १७ संघ–संस्थाहरू यसप्रकार छन् । 


    १ नेपाल क्रिकेट संघ
    २ ल्याबरेटोरी माध्यमिक विद्यालय
    ३ बीपी कोइराला मेमोरियल प्लानेटोरियम
    ४ कृषि बागवानी केन्द्र
    ५ काठमाडौं उपत्यका खानेपानी लिमिटेड
    ६आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
    ७ राधाकृष्ण सत्त्संग व्यास नेपाल
    ८ नेपाल प्राध्यापक संघ
    ९ त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ
    १० त्रिवि कर्मचारी संघ
    ११ नेपाल बैंक लिमिटेड
    १२ ग्लोबल आईएमई बैंक
    १३ नेपाल नेत्रज्योति संघ
    १४ रक्तसञ्चार केन्द्र
    १५ कीर्तिपुर नगरपालिका
    १६ नेपाल विद्युत प्राधिकरण
    १७ कविन्द्र जेभी

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ