काठमाडौँ : आज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। दुई टोलीबीच भिडन्त खेल त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे हुँदैछ।
तीन खेल खेलेको विराटनगर अपराजित छ भने दुई खेल मात्रै खेलेको चितवनले एक जित र एक हार निकालेको छ। तीनवटै खेल जितेको विराटनगर ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने दुई खेलमात्रै खेलेको चितवन २ अंक मात्रै जोडेर पाँचौं स्थानमा छ।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने हुन् भने चितवनका कप्तान कुशल मल्ल हुन्।



