काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९रन बनाएका थियो। सुदूरपश्चिमका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३९ रन बनाएका थियो। साथै, आरिफ शेखले २७ रन, हरमित सिंहले १९ रन, क्रिस लिनले १८ रन तथा विनोद भण्डारीले ११ रन बनाएका थिए।
बलिङमा कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट तथा नन्दन यादवले २ विकेट लिएका थिए भने बिपिन शर्मा, मार्क वाट र युवराज खत्री समान १/१ विकेट लिएका थिए।



