२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लागुऔषधसहित काठमाडौंबाट ६ जना पक्राउ

images

  • २०८० कात्तिक २१, मंगलबार
  • 916
    SHARES
  • लागुऔषधसहित काठमाडौंबाट ६ जना पक्राउ

    कात्तिक २१, काठमाडौं : अवैध लागुऔषध खैरो हेरोइन २४४ ग्राम, नाइट्रोभेट १ सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४ सय १५ क्याप्सुलसहित ६ जनालाई नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पक्राउ गरेको छ। 


    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओशखलढुङ्गा खिजीदेम्बा गाउँपालिका–३ बस्ने ३८ वर्षीय गङ्गालाल बिक, काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दीपेश डङ्गोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका–१४ बस्ने ३७ वर्षीय झरेन्द्रबहादुर ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २७ वर्षीय सन्दिप इटानी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

     

    उनीहरूमध्ये सपना रायमाझी र गङ्गालाल बिकलाई अवैध लागुऔषध खैरो हेरोइन ८१ ग्राम ५ सय मिलिग्रामसहित काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्तीबाट कात्तिक १५ गते, दीपक श्रेष्ठ र दीपेश डङ्गोल महर्जनलाई लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय मिलिग्राम, ट्रामाडोल १७ हजार ४ सय १५ क्याप्सुल र नाइट्रोभेट १ सय १२ ट्याब्लेटसहित काठमाडौँ चावहिलबाट कात्तिक १६ गते पक्राउ गरिएको हो। 

    यसैगरी झरेन्द्रबहादुर ठकुरी र सन्दीप इटानीलाई लागूऔषध खैरो हेरोइन १ सय ६० ग्राम ६ सय मिलिग्रामसहित काठमाडौं तारकेश्वर नगरपालिका–४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो। उनीहरू उपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ