काठमाडौँ : लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ। चितवन राइनोजले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएर ६ विकेटले जित हात पारेको छ ।
लुम्बिनीका लागि गुलबदिन नैबले सर्वाधिक ४४ रन, रोहित पौडेलले ३९ रन बनाएका थियो। साथै, सन्दीप जोराले २८ रन, डी'आर्सी सर्टले ११ रन तथा दिलीप नाथले १० रन बनाएका थिए। यस्तै, बलिङमा चितवनका रिजन ढकालले २ विकेट तथा सोहेल तन्वीरले १ विकेट लिएका थिए।
यसअघि, त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएका थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ६६ रन तथा कुशल मल्लले २१ रन बनाएका थियो। साथै, देव खनालले २१ रन, सैफ जैबले १५ रन र दिपक बोहराले १० रन बनाएका थिए।
बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट तथा अभिषेश गौतम र गुलबदिन नैबले समान २/२ विकेट लिएका थिए।



