२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज एनपीएलमा चितवन र कर्णाली तथा विराटनगर र पोखराको भिडन्त

images

  • २०८२ मंसिर २, मंगलबार
  • 601
    SHARES
  • आज एनपीएलमा चितवन र कर्णाली तथा विराटनगर र पोखराको भिडन्त

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई खेल हुँदैछन्। प्रतियोगितामा चारै टोलीले सुखद सुरुआत गर्ने लक्ष्य राखेका छन्।

    पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। 


    चितवन राइनोजको कप्तानी कुशल मल्लले सम्हाल्नेछन् भने कर्णाली याक्सलाई सोमपाल कामीले नेतृत्व गर्नेछन्। विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने पोखरा एभेन्जर्सलाई कुशल भुर्तेलले अगाडि बढाउनेछन्। यसरी चारै टोली अनुभवी खेलाडीको नेतृत्वमा मैदान उत्रन लागेका छन्।

    यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले विजयी सुरुआत गरेको थियो। सोसँगै काठमाडौंले अंकतालिकामा दुई अंक जोडेको छ। 

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको फाइनल खेल मंसिर २७ मा हुनेछ। विजेताले रु १ करोड १० लाख प्राप्त गर्नेछ।

    टिकट मूल्य निर्धारणमा नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न श्रेणी तय गरेको छ।

    - शनिबार हुने खेलका लागि साधारण टिकट मूल्य ५ सय रुपैयाँ र प्रिमियम टिकट मूल्य १५ सय रुपैयाँ तोकिएको छ।

    - लिग चरण तथा अन्य दिनका खेलमा साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १ हजार रुपैयाँ राखिएको छ।

    - प्लेअफपछिका खेलमा साधारण टिकट १ हजार र प्रिमियम टिकट २ हजार रुपैयाँ हुनेछन्।

    - सम्पूर्ण सिजन हेर्न चाहने दर्शकका लागि क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपैयाँ निर्धारण गरेको छ

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ