काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ।
टीयू क्रिकेट मैदानमा आयोजित खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि जनकपुर बोल्ट्स ब्याटिङमा उत्रने भएका हुन्। नवनिर्मित रंगशालामा फ्लडलाइट र प्यारापिटसहितको आधुनिक सुविधा प्रयोग गर्दै आजको खेल केहीबेरमै सुरु हुँदैछ।
काठमाडौं गोर्खाजका करण केसी (कप्तान), मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, नटराजन शाह, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), र सन्तोष यादव रहेका छन्।
यस्तै, जनकपुर बोल्ट्समा अनिल साह (कप्तान/विकेटकिपर), विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी-ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था (विकेटकिपर), वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, आसिफ शेख (विकेटकिपर), रुपेश सिंह, इमरान ताहिर र मयन यादव रहेका छन्।



