काठमाडौँ : सिया कपको फाइनलका कारण नेपाल र वेष्ट इन्डिजबीचको टी–२० सिरिजको मिति परिवर्तन भएको छ।
यूएईमा हुने प्रतियोगिताको बीचमा एसिया कपको फाइनल परेपछि खेलको मिति सामान्य परिवर्तन भएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।
यसअघि असोज ११, १२ र १४ गतेका लागि तय भएको नेपाल र वेष्ट इन्डिजको खेल अब असोज ११, १३ र १४ गते हुनेछ। एसिया कपको फाइनल यूएईमै असोज १२ अर्थात् सेप्टेम्बर २८ मा हुँदैछ।



