२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकप : श्रीलंकाले बंगलादेशलाई दियो २८० रनको लक्ष्य,असलंकाको शतक

images

  • २०८० कात्तिक २०, सोमबार
  • 781
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप  : श्रीलंकाले बंगलादेशलाई दियो २८० रनको लक्ष्य,असलंकाको शतक

    कात्तिक २०, काठमाडौं : आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आज श्रीलंका र बंगलादेशबीच खेल भइरहेको छ। श्रीलंकाले बंगलादेशसामु जितका लागि २८० रनको लक्ष्य प्रस्तुत गरेको छ।


    दिल्लीमा टस हारेर पहिला ब्याटिङको गरेको श्रीलंका ४९।३ ओभरमा २ सय ७९ रनमा अल आउट भयो। श्रीलंकाका चरिथ असलंकाले १ सय ५ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ८ बनाएका थिए। श्रीलंकाका लागि ओपनर पाथुम निसंका ४१ रन, धनन्जय डि सिल्भा ३४, महेश थिक्सेना २२, र कुशल मेन्डिस १९ रन बनाएका थिए।

    बंगलादेशका लागि तान्जिम हसन सकिबले ३, सकिब अल हसन र शोरिफुल इस्लामले समान २ विकेट लिएका थिए। 

    श्रीलङ्काका क्रिकेटर एन्जेलाे म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा 'टाइम्ड आउट' हुने पहिलाे खेलाडी बनेका छन्। आईसीसीकाे नियमअनुसार क्रिजमा रहेका खेलाडी आउट भएपछि त्याे खेलाडीकाे ठाउँमा जाने खेलाडी अधिकतम तीन मिनेटभित्र बल खेल्नका लागि तयार हुनुपर्छ।

    श्रीलङ्काका खेलाडी म्याथ्युज समयमै मैदानमा पुगेका थिए। तर हेलमेट ठीक नभएकाे भन्दै उनले निर्धारित समयभित्र बल खेल्न सकेनन्। त्यसपछि बङ्गलादेश टिमले अम्पायरलाई आईसीसीकाे नियमअनुसार म्याथ्युजलाई आउट दिन अपिल गरेका थिए। अम्पायरले बङ्गलादेश टिमकाे अपिललाई स्वीकार गर्दै म्याथ्युजलाई आउट दिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ