२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बैङ्गलोरले साविक विजेता कोलकातालाई हराउँदै आईपीएलको विजयी सुरुवात

images

  • २०८१ चैत १०, आइतबार
  • 1.2K
    SHARES
  • बैङ्गलोरले साविक विजेता कोलकातालाई हराउँदै आईपीएलको विजयी सुरुवात

    कोहली र साल्टको उत्कृष्ट प्रदर्शन

    काठमाडौँ : इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी) ले साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) लाई ७ विकेटले पराजित गर्दै आफ्नो अभियान शानदार तरिकाले सुरुवात गरेको छ।

    १७५ रनको लक्ष्य पछ्याउँदै, बैङ्गलोरका ब्याट्सम्यानहरूले प्रभावशाली प्रदर्शन गरे। ओपनर विराट कोहलीले अविजित ५९ रन बनाए भने फिल साल्टले ५६ रन जोडे। राजत पाटिदारले ३४ रन बनाउँदा लियम लिभिङ्गस्टोनले अविजित १५ रन बनाए। कोहली र साल्टको ९५ रनको ओपनिङ साझेदारीले आरसीबीलाई सहज जित दिलायो। 

    बलिङमा कोलकाताका वैभव अरोरा, वरूण चक्रवर्थी र सुनिल नारायणले १/१ विकेट लिए।

    टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनायो। टोलीका लागि कप्तान अजिंक्य रहाणेले ५६ रन, सुनिल नारिनले ४४ रन, अन्द्रे रसेलले २४ रन, र रिंकु सिंहले १८ रन बनाए र अन्य ब्याट्सम्यानहरूले उल्लेखनीय योगदान दिन सकेनन्।

    बलिङमा आरसीबीका बलर क्रुणाल पाण्ड्याले ३ विकेट लिँदै २९ रन खर्चे भने, जोश हेजलउडले २ विकेट लिँदै २२ रन दिएर उत्कृष्ट प्रदर्शन गरे। यो जितसँगै, बैङ्गलोरले आईपीएल २०२५ मा उत्साहजनक सुरुवात गरेको छ भने कोलकाताले पहिलो खेलमा निराशाजनक प्रदर्शन गरेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ