२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

क्यान इन्फोटेक २०२५ भव्यताका साथ सम्पन्न, डिजिटल नेपाल निर्माणमा नयाँ आयाम

images

  • २०८१ माघ २९, मंगलबार
  • 801
    SHARES
  • क्यान इन्फोटेक २०२५ भव्यताका साथ सम्पन्न, डिजिटल नेपाल निर्माणमा नयाँ आयाम

    काठमाडौं : सूचना तथा सञ्चार प्रविधिको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ भव्यताका साथ सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ० द्वारा आयोजित यो ३०औं संस्करण राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २८ गतेसम्म सञ्चालन भएको थियो ।

    सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभएको थियो । सरकारका उच्च अधिकारी, व्यवसायी, नीति निर्माता, विद्यार्थी तथा प्रविधिप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको यस संस्करणले डिजिटल नेपाल निर्माणलाई नयाँ गति दिएको आयोजकले जनाएको छ ।

    प्रदर्शनीको अन्तिम दिन नेपाल सरकारका पूर्वमन्त्रीहरू पार्वत गुरुङ, डा। प्रकाशचन्द्र लोहनी,  काठमाडौं महानगरपालिकाकि उपमेयर सुनित डंगोल, चर्चित भ्लगर शिशन बानियाँ लगायतले अवलोकन गर्नुभएको थियो ।

    क्यान इन्फोटेक २०२५ मा सूचना प्रविधिका विश्वस्तरीय ब्रान्ड, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, फिनटेक, ई(कमर्स, साइबर सुरक्षा समाधान, ब्लकचेन प्रविधि, एआई तथा डिजिटल साक्षरताका नयाँ पहलहरू प्रस्तुत गरिएको थियो । विशेषगरी, नेपाली स्टार्टअप तथा नवप्रवर्तनकर्ताहरूका नवीनतम प्रविधि, सफ्टवेयर, एप्लिकेसन तथा स्वदेशी रूपमा विकसित प्रविधिहरूमा उल्लेख्य आकर्षण देखियो ।

    मसिन लर्निङमा आधारित एआई टुल, स्वदेशी सफ्टवेयर, सेल्फ(ड्राइभिङ कार प्रविधि जस्ता परियोजनाहरू अवलोकनकर्ताको मुख्य चासोको केन्द्र बने । प्रदर्शनीमा आएका विज्ञ तथा सरोकारवालाहरूले नेपाली एआई प्रविधिलाई विश्वव्यापी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

    ३०औँ क्यान इन्फोटेकको प्रमुख प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह(शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेका थिए । त्यस्तै, गोल्ड स्पोन्सरमा गोगोरो, सिल्भर स्पोन्सरहरूमा एस(पावर बीपीई र अनलिमिटेड टेक्नोलोजी (ज्याप) रहेका थिए । साथै, प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स, एसएमएस पार्टनरमा स्प्यारो एसएमएस, डिजिटल एड्रेस पार्टनरमा कताहो, प्रिन्टिङ पार्टनरमा क्यानन, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, मोबिलिटी पार्टनरमा टुटल, इनर्जी पार्टनरमा एग्जिबिशन लाइट हाउस र सीसीटीभी पार्टनरमा आईएमओयू रहेका थिए ।

    क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँका अनुसार, महासंघले डेटा प्रोटेक्सन ऐन, राइड शेयरिङ नीति, एआई प्रविधिका लागि आवश्यक डेटा व्यवस्थापन तथा वैदेशिक लगानी ऐनमा संशोधन गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखेर नीति निर्माणमा सक्रियता देखाएको छ ।

    यस संस्करणको क्यान इन्फोटेकलाई २ लाख बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा १५५ स्टल सहभागी भएका थिए, जसअन्तर्गत विभिन्न कम्पनीहरूले आफ्नो प्रविधि तथा सेवाको प्रदर्शन गरे । कम्पनीहरूले उपभोक्तासँग अन्तरक्रिया, प्रविधि परीक्षण तथा विभिन्न अफरमार्फत प्रवर्द्धन गरेका थिए । मेलाको अन्तिम दिनसम्म उपभोक्ताले ३० देखि ७० प्रतिशतसम्म छुट तथा विशेष अफरहरू प्राप्त गरे ।

    क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलका अनुसार, यो संस्करणले नेपाली नवप्रवर्तन तथा सूचना प्रविधिको विकासमा नयाँ ऊर्जा थपेको छ । आगामी संस्करणलाई अझ प्रभावकारी बनाउन महासंघले प्रविधि शिक्षामा जोड दिने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने तथा नीतिगत सुधारका लागि पहल गर्ने योजना बनाएको छ ।

    Guest KMC_CAN Info-Tech 2025.jpegCAN Info-Tech (1).jpegStudents_CAN Info-Tech.jpegTitle Sponsor_HMC Nepal HIKSEMI CAN Info-Tech 2025.jpegWelcoming Guest_CAN Info-Tech.jpeg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ