२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वैकल्पिक विकास वित्तमार्फत विकासको नयाँ युग सुरु हुनेछः अर्थमन्त्री पौडेल

images

  • २०८१ पुस १४, आइतबार
  • 1.2K
    SHARES
  • वैकल्पिक विकास वित्तमार्फत विकासको नयाँ युग सुरु हुनेछः अर्थमन्त्री पौडेल

    काठमाडौँ : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको तीव्र आर्थिक विकास र दीर्घकालीन समृद्धिका लागि सरकारले वैकल्पिक विकास वित्तको तयारी गरिरहेको बताएका छन्। उनले विकासका उच्च आकांक्षालाई पूरा गर्न परम्परागत स्रोत मात्र पर्याप्त नभएकाले वैकल्पिक वित्तीय संरचनाको खाँचो रहेको उल्लेख गरे।

    ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित वर्तमान स्रोतले मात्र आर्थिक व्यवस्थापनका चुनौतीहरू समाधान गर्न पर्याप्त छैन।’ अर्थमन्त्री पौडेलले भने, ‘त्यसैले दीर्घकालीन विकासका आवश्यकता पूरा गर्न वैकल्पिक विकास वित्त व्यवस्थापनका विधेयकको मस्यौदा तयार गरेका छौँ र यसलाई कानुनी प्रक्रियामा छिट्टै अघि बढाउँदैछौँ।’

    अर्थमन्त्रीले वैकल्पिक वित्तीय संयन्त्रले सिर्जनात्मकता र नवीन दृष्टिकोणलाई प्रोत्साहन गर्दै सार्वजनिक विकासका क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। उनले दक्ष जनशक्ति विकास, पूर्वाधार निर्माण र सफ्टपावरमा लगानी वृद्धि गर्न पनि विशेष जोड दिए।

    ‘आर्थिक समृद्धिका लागि पूर्वाधार मात्र होइन, मानव संसाधनको विकास र नवीन सोच आवश्यक छ।’ उनले भने, ‘वैकल्पिक वित्तले नयाँ सम्भावनाको ढोका खोल्नेछ र दीर्घकालीन लक्ष्य हासिल गर्न मद्दत गर्नेछ।’

    अर्थमन्त्री पौडेलले राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरुलाई सरकारसँग सहकार्य गर्दै स्पष्ट योजना र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरे।
    ‘नेपालको विकासका कामलाई सबैले अपनत्वका साथ अघि बढाउन जरुरी छ।’ उनले भने, ‘सरकार खुला हृदयले सहकार्य गर्न र नयाँ दृष्टिकोणलाई आत्मसात् गर्न तयार छ।’

    वैकल्पिक विकास वित्तमार्फत नेपालले दीर्घकालीन आर्थिक समृद्धिको दिशामा ठोस कदम चाल्ने र समृद्ध भविष्यको निर्माण गर्ने विश्वास उनले व्यक्त गरे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ