२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

साङ्ग्रिला मोटर्सद्वारा ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ घोषणा गर्दै

images

  • २०८१ पुस ११, बिहीबार
  • 1.7K
    SHARES
  • साङ्ग्रिला मोटर्सद्वारा ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ घोषणा गर्दै

    काठमाडौं : साङ्ग्रिला मोटर्स प्रालिले नयाँ वर्ष २०२५ को विशेष अवसरमा ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीले यस उत्सवलाई नयाँ वर्षको जस्तै अविस्मरणीय र नवीन अनुभवको रूपमा सम्पन्न गर्ने उद्देश्य राखेको छ।

    पुष १२ र १३ गते काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजना हुने दुईदिने यो कार्निभलमा सहभागीहरूले अटोमोटिभ क्षेत्रका उत्कृष्ट अनुभवहरू अन्वेषण गर्ने अवसर पाउनेछन्।

    कार्यक्रममा तीन प्रमुख अटोमोटिभ ब्रान्डहरू– लिप मोटर, सिट्रोन र प्युजोका अत्याधुनिक प्रविधि र विविध मोडेलहरू प्रदर्शन गरिने छन्। यी ब्रान्डहरूले आफ्नो नवीनतम डिजाइन, कार्यक्षमता र प्राविधिक विशेषताहरू एकै ठाउँमा प्रस्तुत गर्दै ग्राहकहरूलाई विशेष अनुभव प्रदान गर्नेछन्।

    सहभागीहरूले आफ्नो पुरानो गाडी साटेर उत्कृष्ट मूल्याङ्कन पाउनुका साथै सहज फाइनान्सिङ सुविधाको लाभ उठाएर नयाँ गाडी खरिद गर्न सक्नेछन्। यस अवसरमा, ग्राहकहरूले आकर्षक अफरहरू प्राप्त गर्नुका साथै नयाँ मोडेलहरूको टेस्ट ड्राइभसमेत गर्न सक्नेछन्।

    कार्यक्रममा सहभागी भई लिप मोटर, सिट्रोन र प्युजोका लक्जरी, प्रफर्मेन्स र आधुनिक प्रविधिका गाडीहरू प्रत्यक्ष रूपमा अनुभव गर्ने विशेष अवसरको लाभ उठाउन साङ्ग्रिला मोटर्सले आग्रह गरेको छ।

    shangrila-motors-exchange-752x534.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ