२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

केडिया ग्रुपद्वारा नेपाल भलिबल लिगको घोषणा

images

  • २०८१ पुस ९, मंगलबार
  • 2.2K
    SHARES
  • केडिया ग्रुपद्वारा नेपाल भलिबल लिगको घोषणा

    काठमाडौँ : केडिया ग्रुपले नेपालको राष्ट्रिय खेल भलिबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ 'नेपाल भलिबल लिग' सञ्चालन गर्ने घोषणा गरेको छ।

    विद्यालयस्तरका बालबालिकादेखि विभिन्न उमेर समूहका मानिसहरूले भलिबल खेल्न र हेर्न रुचि राख्दै आएको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै यस लिगले भलिबल खेललाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक र सामाजिक रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

    लिगको आधिकारिक लोगोले नेपालमा भलिबल खेलको तीव्र विकासको संकेत गरेको छ। लोगोमा प्रयोग गरिएको रंगले राष्ट्रको झण्डाको झल्को दिने र खेलमा एकता तथा गतिशीलताको भावना झल्काउने विशेषता बोकेको छ।

    'उचाइको नयाँ उडान' नामक स्लोगनसहित सुरु हुन लागेको यो लिग नेपाल भलिबल संघको सहकार्यमा सञ्चालन हुनेछ। स्लोगनले समग्र नेपाली भलिबलको विकास र विस्तारको लक्ष्यलाई प्रतिनिधित्व गर्दछ।

    नेपाल भलिबल लिगको पहिलो सिजन सन् २०२५ मा सुरु हुनेछ। यस लिगमा देशभरका उत्कृष्ट खेलाडीहरू तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगिताले नेपाली खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्नुका साथै नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने लक्ष्य राखेको छ।

    केडिया ग्रुपले यस लिगमार्फत नेपाली भलिबल खेलाडीहरूको प्रतिभालाई उजागर गर्ने र नेपालको भलिबल इतिहासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ