२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मेथी खानुका १० अचुक स्वास्थ्य लाभ

images

  • २०८१ पुस ९, मंगलबार
  • 1.4K
    SHARES
  • मेथी खानुका १० अचुक स्वास्थ्य लाभ

    काठमाडौं : मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो, जसलाई आयुर्वेदले बहुगुणी औषधिको रूपमा व्याख्या गरेको छ। प्राचीनकालदेखि नै औषधीय गुणका कारण मेथीलाई तरकारी र औषधिको रूपमा प्रयोग गरिँदै आएको छ।

    मेथीको दाना र साग स्वास्थ्यका लागि अत्यन्तै लाभदायी मानिन्छ। यसमा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोलिक एसिडजस्ता मिनरल्स, साथै भिटामिन ए, बी र सी पाइन्छ।

    राति भिजाइएको मेथी दाना बिहान खाली पेटमा खाँदा र यसको पानी पिउँदा शरीरका विभिन्न स्वास्थ्य समस्याहरू समाधान गर्न मद्दत गर्छ। यहाँ मेथी खानुका १० फाइदाबारे जानकारी दिइएको छ:

    मेथी दाना सेवनको फाइदा

    1. पाचन प्रणाली सुधार
      मेथीमा उच्च फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई बलियो बनाउँदै शरीरमा चाहिनेभन्दा बढी क्यालोरी कम गर्न मद्दत गर्छ।
    2. कब्जियत हटाउने
      भिजाइएको मेथी दानाको नियमित सेवनले कब्जियत र पेटका अन्य समस्या टाढा राख्छ।
    3. गर्भधारणमा सहयोगी
      मेथी दानाको प्रयोगले प्रजनन प्रणालीलाई बलियो बनाउँछ।
    4. ग्याष्ट्रिक कम गर्छ
      मेथी दाना नियमित खाँदा ग्याष्ट्रिक समस्याबाट छुटकारा पाउन सकिन्छ।
    5. रक्तचिनी नियन्त्रण
      मेथीमा पाइने सोलुबल फाइबर्सले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ।
    6. हृदयघात रोकथाम
      गेलाक्टोमेनन र पोटासियम जस्ता तत्त्वले मुटुको स्वास्थ्यलाई सुधार्छ।
    7. छालाको स्वास्थ्य सुधार
      मेथीले छालाका चायाँ, पोतो, डण्डीफोर कम गर्नुका साथै शरीरका टक्सिनहरू हटाउँछ।
    8. कपालको रक्षा
      भिजाएको मेथी दाना खाँदा कपाल झर्न र चाँडै सेतो हुनबाट जोगाउँछ।
    9. पाचनसम्बन्धी समस्या समाधान
      यसले पाचन प्रक्रिया बलियो बनाउँदै कब्जियत, एसिडिटी र पायल्सबाट राहत दिन्छ।
    10. पिसाब संक्रमण रोकथाम
      पिसाब सम्बन्धी समस्याहरू समाधान गर्न मेथी दाना उपयोगी हुन्छ।

    मेथीको सागका फाइदा

    1. वजन नियन्त्रण
      मेथीको साग वा यसको चूर्णले बोसोको मात्रा घटाउँछ।
    2. जोर्नी दुखाइ कम गर्छ
      मेथीको लड्डु वा सागले जोर्नीको दुखाइबाट राहत दिन्छ।
    3. रक्तचाप नियन्त्रण
      प्याजसँग मेथीको साग खाँदा उच्च र न्यून दुवै रक्तचापलाई सन्तुलित राख्न मद्दत गर्छ।
    4. पेटका किराको समाधान
      मेथीको पातको रस बालबालिकामा पेटका किरा हटाउन उपयोगी हुन्छ।
    5. पाचन समस्या कम गर्छ
      नियमित मेथीको साग खाँदा कब्जियत र ग्यास्ट्रिक जस्ता समस्या कम हुन्छ।

    मेथीको दाना र साग दुवै स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छन्। नियमित रूपमा यसको सेवनले शरीरलाई तन्दुरुस्त र स्वस्थ राख्न मद्दत गर्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ