२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मेलवर्नको नेपाली मन्दिरमा ५२ केजीको बुद्धको मूर्ति हस्तान्तरण

images

  • २०८१ पुस ४, बिहीबार
  • 1.5K
    SHARES
  • मेलवर्नको नेपाली मन्दिरमा ५२ केजीको बुद्धको मूर्ति हस्तान्तरण

    काठमाडौँ : ३७ इन्च अग्लो र ५२ केजी तौलको सुनको जलपसहितको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। लुम्बिनी–कपिलवस्तु विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठले विशेष कार्यक्रमको आयोजना गर्दै सो मूर्ति मन्दिरलाई प्रदान गरेका हुन्।

    मूर्ति हस्तान्तरण अघि पञ्चकन्यासहित उपस्थित व्यक्तिहरूले संयोजक श्रेष्ठको निवास क्षेत्रमा बुद्धसम्बन्धी भजन र गीत प्रस्तुत गरेका थिए। उनीहरूले “बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने सन्देशसहित प्लेकार्ड बोकेर बाजागाजासहितको र्यालीको आयोजना गरेका थिए। यस र्यालीले बुद्धको जन्मस्थलको प्रचार-प्रसारमा विशेष योगदान पुर्‍याएको थियो।

    नेपाली मन्दिरमा मूर्ति हस्तान्तरण भएपछि तीनजना लामाहरूले बौद्ध परम्पराअनुसार विधिपूर्वक पूजापाठ गरे। यस अवसरमा अस्ट्रेलियन नेप्लिज मल्टिकचरल सेन्टरका अध्यक्ष गान्धी भट्टराईसहित भिम न्यौपाने, सुधीर शाक्य, अनन्तराज पौडेल र दीपक आचार्यले लुम्बिनी–कपिलवस्तु विश्व अभियानलाई सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै संयोजक श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै कार्यक्रमलाई समापन गरियो।

    लुम्बिनी–कपिलवस्तु विश्व अभियान नेपाल राष्ट्रिय समितिका कोषाध्यक्ष समेत रहेका स्वर्गीय धर्मबहादुर शाक्यले बुद्ध जन्मस्थल विषयमा रहेको विश्वव्यापी भ्रम अन्त्य गर्न यो अभियान सुरु गरेका थिए। यस कार्यक्रमले बुद्धको जन्मस्थलको सन्देश विश्वभर फैलाउन थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ