काठमाडौँ : भानुआटुमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ।
मंगलबार आएको ७.३ म्याग्निच्युडको भूकम्पबाट २ सयभन्दा बढी मानिस घाइते भएका छन्। भूकम्पले भवनहरू ध्वस्त पारेका छन् भने हजारौँ मानिस घरबारविहीन भएका छन्।
बीबीसीले दिएको जानकारीअनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भूकम्पका कारण त्यहाँस्थित अमेरिका, फ्रान्स, बेलायत र न्युजिल्यान्डका दूतावासमा बिजुली अवरुद्ध भएको छ। मोबाइल सेवा पनि ठप्प छ।
स्थिति नियन्त्रणमा लिन भानुआटु प्रहरीले सात दिनका लागि ‘आपत्कालीन अवस्था’ घोषणा गरेको छ। उद्धार र राहत कार्य तीव्र बनाइएको छ।



