काठमाडौं : जुवातास खेलेको आरोपमा काठमाडौं महानगरपालिका–१८ रक्तकालीस्थित एक घरबाट चार जना पक्राउ परेका छन्।
गोपाल श्रेष्ठको घरमा शनिबार राति जुवातास खेलिरहेको अवस्थामा प्रहरीले श्रेष्ठसहित चार जनालाई पक्राउ गरेको हो। प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनीहरूलाई ७४ हजार २ सय रूपैयाँ नगद र ६ बुक ताससहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।



