२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एबीसी टिभीले गलत समाचार प्रसारण गरेबापत ट्रम्पलाई तिर्नुपर्‍यो १५ मिलियन डलर

images

  • २०८१ मंसिर ३०, आइतबार
  • 1.7K
    SHARES
  • एबीसी टिभीले गलत समाचार प्रसारण गरेबापत ट्रम्पलाई तिर्नुपर्‍यो १५ मिलियन डलर

    काठमाडौं : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार प्रसारण गरेपछि एबीसी टिभीले १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्ने भएको छ।

    एबीसी टिभीका चर्चित प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चमा प्रशारित एक कार्यक्रममा ट्रम्पमाथि महिलामाथि बलात्कारको आरोप लगाएको दाबी गरेका थिए। उनको यो अभिव्यक्तिका कारण ट्रम्प पक्षले मानहानीको मुद्दा दायर गरेको थियो।

    मुद्दाको टुंगो लगाउने क्रममा शनिबार भएको समझदारीअनुसार एबीसी टिभीले ट्रम्पलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्ने सहमति जनाएको छ। साथै एबीसीले आफ्नो प्रस्तोताको अभिव्यक्तिलाई असत्य रहेको भन्दै खेद व्यक्त गर्दै औपचारिक खण्डन पनि प्रकाशित गर्ने भएको छ।

    यसका अतिरिक्त, एबीसीले ट्रम्प पक्षको कानुनी खर्चको रूपमा १ मिलियन डलर थप रूपमा तिर्ने भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ