काठमाडौं : संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाले राष्ट्रिय सभामाथि प्रभावशाली जित हात पारेको छ। मंगलबार भृकुटीमण्डपस्थित फुटसल मैदानमा सम्पन्न खेलमा प्रतिनिधि सभाको टोलीले १३–० को फराकिलो अन्तरले जित दर्ता गरेको हो।
सभामुख देवराज घिमिरेको नेतृत्वमा रहेको प्रतिनिधि सभाको टोली उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएको थियो। खेलमा सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा राना तथा अन्य सांसदहरू सहभागी थिए।



