काठमाडौँ : इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंग्लोरले राजस्थान रोयल्समाथि ११२ रनको जित हात पारेको छ।
आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्समाथि ११२ रनको जित निकाल्दै बैंग्लोरले प्लेअफ सम्भावनालाई कायमै राखेको हो । बेंग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमा ५९ रनमै अलआउट भयो।
राजस्थानका लागि सिम्रन हेटमायरले सर्वाधिक ३५ रन र जो रुटले १० रनबनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । पछिल्लो खेलमा शतक प्रहार गरेका यश्ववी जैसवाल शून्य रनमा आउट भए । राजस्थानलाई सस्तैमा समेट्न बैंग्लोरका लागि वाने पार्नेलले ३ विकेट तथा मिचेल व्रेसवेल र कर्ण शर्माले समान २/२ विकेट लिएका थियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले ५ विकेटको क्षतिमा १७१ रन जोड्यो। उसका लागि कप्तान फाप डु प्लेसिसले ५५ रन र म्याक्सवेलले ५४ रन जोडे। अनुज रावलले ११ बलमा नटआउट २९ रन जोडे।
बलिङमा राजस्थानका एडम जाम्पा र केएम आसिफले २-२ विकेट लिए।



