काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराउँदै एनपीएलमा पहिलो जित हात परेको छ। यस अघि, लगातार दुई खेल जित हात परेको चितवनको यो पहिलो हार हो ।
चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। कर्णालीका लागि शिखर धवनले ४५ रन, चाडविक वाल्टनले ३० रन तथा देव खनालले २५ रन बनाएका थियो।
बलिङमा चितवनका लागि कुशल मल्ल, जान लफ्टी इटन र रवि बोपाराले समान १-१ विकेट लिए।
यस अघि, टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएका थियो। चितवनका लागि रवि बोपाराले ५३ रन, कुशल मल्लले २३ तथा बिपिन रावलले ११ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्।
बलिङमा कर्णालीका लागि बिपिन शर्माले ३ विकेट तथा जिशान मकसूदले २ विकेट लिएका थिए। यस्तै, सोमपाल कामी र नन्दन यादवले समान १/१ विकेट लिएका थिए।



