२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विज्ञापन बोर्ड र त्रिविको आमसञ्चार केन्द्रीय विभागबीच सहमति: शोधवृत्ति प्रदान गरिने

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 1.8K
    SHARES
  • विज्ञापन बोर्ड र त्रिविको आमसञ्चार केन्द्रीय विभागबीच सहमति: शोधवृत्ति प्रदान गरिने

    काठमाडौँ : विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबीच शोधवृत्ति प्रदान गर्ने विषयमा सहमति भएको छ। सहमतिअनुसार पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा स्नातकोत्तर, एमफिल र पीएचडी गरिरहेका विद्यार्थीहरूले विज्ञापनसम्बन्धी अनुसन्धान गरेमा उनीहरूलाई शोधवृत्ति प्रदान गरिनेछ।

    बिहीबार विज्ञापन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र विभागका प्रमुख डा. कुन्दन अर्यालबीच उक्त सहमति पत्रमा हस्ताक्षर भयो। विज्ञापन बोर्डले विज्ञापन विषयमा पर्याप्त अध्ययन र अनुसन्धान नभएको उल्लेख गर्दै यस क्षेत्रमा विद्यार्थीहरूलाई आकर्षित गर्न शोधवृत्ति योजना ल्याएको जनाएको छ।

    कार्यक्रममा विभागीय प्रमुख डा. अर्यालले यस शोधवृत्तिले विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने र उनीहरूको अध्ययनमा थप उपयोगी हुने विश्वास व्यक्त गरे। विज्ञापन बोर्डका अध्यक्ष हुमागाईंले यस कदमले विज्ञापन क्षेत्रको अध्ययनलाई प्रोत्साहन दिने र विद्यार्थीहरूको चासो बढाउने अपेक्षा रहेको बताए।

    सहमतिले केवल विद्यार्थीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउनेछ, तर त्रिभुवन विश्वविद्यालय र विज्ञापन बोर्डबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। शोधवृत्तिबाट विज्ञापनको क्षेत्रमा गुणस्तरीय अनुसन्धान हुने र यो क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य बोर्डले लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ