२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौँ ९४ रनमा अल आउट

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 1.8K
    SHARES
  • एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौँ ९४ रनमा अल आउट

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा आजको दोश्रो खेलमा सुदूरपश्चिम रोएल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले हराउँदै लगातार दोस्रो जित गरेको छ।

    सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य काठमाडौँले मात्र ९४ बनाएका थियो। काठमाडौँका लागि स्टीफन एस्किनाजीले ३५ रन, सुमित महर्जनले १४ रन तथा भिम शर्की र गेर्हार्ड इरास्मसले समान १०/१० बनाएका थिए भने भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्।

    बलिङमा सुदूरपश्चिमका लागि नरेन साउदले ५ विकेट लिएका थिए। यस अघि, टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएका थियो। ब्राण्डन म्याकमुलेनले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएका छन्। 
     
    सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले ४३ रन र ब्राण्डन म्याकमुलेनले ५३ रन बनाएका थिए। ब्राण्डनले ३६ बलमा ५३ रन बनाएका थिए। यस्तै, बिनोद भण्डारीले ३५ रन, सैफ जैबले ११ रन बनाएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ