काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले काठमाडौँ गुर्खाजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएका थियो। ब्राण्डन म्याकमुलेनले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएका छन्।
सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले ४३ रन र ब्राण्डन म्याकमुलेनले ५३ रन बनाएका थिए। ब्राण्डनले ३६ बलमा ५३ रन बनाएका थिए। यस्तै, बिनोद भण्डारीले ३५ रन, सैफ जैबले ११ रन बनाएका थिए।



