काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोश्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको आजको दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएका थियो।
चितवनका लागि रवि बोपाराले ५१ रन, कुशल मल्लले ३८ रन, लुक बेन्केनस्टाइनले १६ रन, हसन इसाखिलले १४ रन तथा सन्तोष कार्कीले ११ रन बनाएका थिए।
बलिङमा पोखराका लागि बिपिन खत्री, रेमन रेफ र बास डे लीडेले सामना २/२ विकेट तथा सगर ढकालले १ विकेट लिएका थिए।



