२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा चितवनको सानदार विजयी सुरुवात, काठमाडौँ ५ विकेट पराजित

images

  • २०८१ मंसिर १७, सोमबार
  • 2.5K
    SHARES
  • एनपीएलमा चितवनको सानदार विजयी सुरुवात, काठमाडौँ ५ विकेट पराजित

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ।

    काठमाडौँले दिएको ११२ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। चितवनका लागि सन्तोष कार्कीले २८ रन, लुक बेन्केनस्टाइनले २२ रन, हसन इसाखिलले १२ रन तथा शरद भेषावकर, कुशल मल्ल र रवि बोपाराले समान ११/११ रन बनाएका थिए। 

    बलिङमा काठमाडौँका लागि शाहब आलम सर्वाधिक ३ विकेट लिएका थिए भने डेन डउथवेट रगेर्हार्ड इरास्मसले समान १/१ विकेट लिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ गुर्खाजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएका थियो। 

    काठमाडौँका लागि सुमित महर्जनले २९ रन, माइकल लेविटले २५ रन, डेन डउथवेटले १९ रन र शंकर रानाले १६ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्। 

    बलिङमा चितवन राइनोजका लागि धारिलो बलिङ गरेका तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए भने अन्य बलिङहरु रिजन ढकाल, कुशल मल्ल, अमर रौतेला तथा लुक बेन्केनस्टाइनले समान १/१ विकेट लिएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ