२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल डीपी लिमिटेड र लुम्बिनी लायन्सको साझेदारी: युवा साक्षरता र क्रिकेटको नयाँ युग

images

  • २०८१ मंसिर १६, आइतबार
  • 926
    SHARES
  • नेपाल डीपी लिमिटेड र लुम्बिनी लायन्सको साझेदारी: युवा साक्षरता र क्रिकेटको नयाँ युग

    काठमाडौं : नेपाल डीपी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ को लागि लुम्बिनी लायन्स फ्रेन्चाइजसँग विशेष साझेदारी गरेको छ। नेपाल डीपीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जनराज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाले यस साझेदारीमा औपचारिक रूपमा हस्ताक्षर गरेका छन्।

    यो साझेदारीको मुख्य उद्देश्य नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्नु र विशेष गरी युवा पुस्ता तथा नेपाली जनमानसमा सेयर बजारको महत्त्व र वित्तीय साक्षरता सम्बन्धी जनचेतना फैलाउनु हो। नेपाल डीपी लिमिटेडले यस अवसरमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम आयोजना गर्ने र एनपीएलको अवधिमा आफ्ना सेवामा विशेष योजनाहरू सार्वजनिक गर्ने निर्णय गरेको छ।

    लुम्बिनी लायन्स फ्रेन्चाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दैछन्। एनपीएल २०८१ मा आठ फ्रेन्चाइजहरूको प्रतिस्पर्धा हुनेछ। लुम्बिनी लायन्सले २०८१ मंसिर १९ गते विराटनगर किङ्ससँग आफ्नो पहिलो खेल खेल्नेछ। शनिबार भएको खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्ससँग पराजय भोगेको थियो।

    नेपाल डीपी लिमिटेड एक पब्लिक कम्पनी हो। जसलाई १० वटा स्टक ब्रोकिङ कम्पनीहरूले प्रवर्द्धन गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ