काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुदैछ। उद्घाटन खेलमा टस जित्दै जनकपुरका कप्तान अनिल शाहले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। विराटनगरको टोली सन्दीप लामिछानेको नेतृत्वमा मैदान उत्रिएको छ भने जनकपुरको कप्तानी अनिल शाहले गरेका छन्।
विराटनगर किङ्सको टोलीमा अन्तर्राष्ट्रिय खेलाडीहरू जस्तै मार्टिन गप्टिल, आकिब इलियास र निकोलस किर्टन सामेल छन्। उता जनकपुर बोल्ट्समा मोहमद मोहसिन र लाहिरु मिलान्थाजस्ता विदेशी खेलाडीहरूको समावेश छ।



