२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपाल प्रिमियर लिग

क्रिकेटको नयाँ युग एनपीएल आजदेखि शुरु, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

images

  • २०८१ मंसिर १५, शनिबार
  • 1.5K
    SHARES
  • क्रिकेटको नयाँ युग एनपीएल आजदेखि शुरु, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

    काठमाडौँ : नेपाली क्रिकेटप्रेमीहरूले लामो समयदेखि प्रतीक्षा गरेको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग आजबाट सुरु हुँदैछ। "एनपीएल–फेस्टिभल अफ हिमालयज" भन्ने नाराका साथ आयोजना हुने यस प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

    आज उद्घाटनको पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच दिउँसो १२:१५ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। यसअघि उद्घाटन समारोह पनि आयोजना गरिनेछ। जसमा विभिन्न प्रस्तुति समावेश हुनेछन्।

    विराटनगर किंग्सको कप्तानी अनुभवी लेग स्पिनर सन्दीप लामिछानेले गर्नेछन्, जसलाई टोलीको मार्की खेलाडीका रूपमा पनि नाम दिइएको छ। यता, जनकपुर बोल्ट्सको कप्तानी अनिल शाहले सम्हाल्नेछन्, जबकि मार्की खेलाडीका रूपमा आसिफ शेख चयन भएका छन्।

    यस प्रतियोगिता स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछ। जसले यसलाई अन्तर्राष्ट्रिय स्तरमा पनि लोकप्रिय बनाउने अपेक्षा गरिएको छ। टीयू मैदानमा विभिन्न नयाँ सुविधाहरू थपिएका छन् भने प्रतियोगितामा करोडौं लगानी र स्टार विदेशी खेलाडीहरूको सहभागिताले यसलाई अझ विशेष बनाएको छ।

    विदेशी खेलाडीहरू र टोलीहरू: किंग्समा विश्व प्रसिद्ध ब्याटर मार्टिन गप्टिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस किर्टोन र स्कटल्याण्डका क्रिस सोल खेल्नेछन्। जनकपुरको टोलीमा जिम्मी निसम, मोहम्मद मोहसिन, लाहिरु मिलान्था, बेन माइक, र हर्श थाकेर जस्ता खेलाडी समावेश छन्।

    दुवै टोली जितसहित प्रतियोगिता सुरु गर्न चाहन्छन्। नेपाली युवा खेलाडीहरूलाई विदेशी खेलाडीहरूसँग खेल्न पाउँदा सिक्ने अवसर मिल्ने विश्वास छ। जनकपुरका प्रशिक्षक पुबुदु दासानायके, जो नेपाली क्रिकेटको राम्रो ज्ञान राख्छन्, र विराटनगरका प्रशिक्षक केभिन ओ’ब्रायन, जो फ्रेन्चाइज क्रिकेटमा नयाँ अनुभव प्रदान गर्नेछन्।

    सन्दीप लामिछानेले एनपीएलको सुरुवातलाई आफ्नो सपना साकार भएको बताए। आगामी ३–४ वर्षभित्र एनपीएलले नेपालको क्रिकेटमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।

    यस प्रतियोगिताले नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ। खेलप्रेमीहरूका लागि यो प्रतियोगिता उत्साहजनक हुने पक्का छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ