काठमाडौं : आजको युग सूचना प्रविधिको युग हो। प्रविधि र यसको उपयोगितालाई बुझ्न र यस क्षेत्रमा भएका नयाँ आविष्कारहरूमा योगदान पुर्याउन उच्चस्तरीय शिक्षा आवश्यक छ।
नेपालमा सूचना प्रविधि (आईटी) विषय स्नातक तहमा लोकप्रिय भएता पनि स्नातकोत्तर तहमा यसको अध्ययनको प्रचलन केही कम देखिन्छ। तर केही विश्वविद्यालय र कलेजहरूले यस क्षेत्रमा विशेष कार्यक्रमहरू सञ्चालन गर्दै छन्।
त्रिभुवन विश्वविद्यालय
नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा विभिन्न आईटी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यी कार्यक्रमहरू विश्वविद्यालयका विभिन्न सङ्कायहरूमा समावेश छन्:
इन्जिनियरिङ अध्ययन संस्थान
- एमएससी इन इन्फर्मेसन एन्ड कम्युनिकेशन इन्जिनियरिङ (MSCICE)
- एमएससी इन टेक्नोलोजी एन्ड इनोभेसन म्यानेजमेन्ट (TIM)
- एमएससी इन कम्प्युटर सिस्टम इन्जिनियरिङ एन्ड नलेज म्यानेजमेन्ट (MCSKE)
- एमएससी इन कम्प्युटर इन्जिनियरिङ स्पेसलाइजेसन इन डेटा साइन्स एन्ड एनालिटिक्स
विज्ञान तथा प्रविधि सङ्काय
- एमएससी कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (CSIT)
- मास्टर इन डेटा साइन्स (MDS)
- मास्टर इन इन्फर्मेसन टेक्नोलोजी (MIT)
मानविकी तथा सामाजिक शास्त्र सङ्काय
- मास्टर इन कम्प्युटर एप्लिकेशन (MCA)
व्यवस्थापन सङ्काय
- मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेशन इन इन्फर्मेसन टेक्नोलोजी (MBA IT)
काठमाडौं विश्वविद्यालय
काठमाडौं विश्वविद्यालयले पनि स्नातकोत्तर तहमा विभिन्न आईटी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
- मास्टर अफ इन्जिनियरिङ (कम्प्युटर इन्जिनियरिङ)
- मास्टर अफ टेक्नोलोजी (इन्फर्मेसन टेक्नोलोजी)
- मास्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (AI)
- मास्टर इन हेल्थ इन्फर्मेटिक्स
पूर्वाञ्चल विश्वविद्यालय
- मास्टर अफ साइन्स इन इन्फर्मेसन सिस्टम इन्जिनियरिङ (MSc ISE)
- मास्टर अफ कम्प्युटर एप्लिकेशन (MCA)
पोखरा विश्वविद्यालय
- मास्टर अफ कम्प्युटर इन्फर्मेशन सिस्टम (MCIS)
- मास्टर अफ साइन्स इन कम्प्युटर साइन्स
नेपाल खुला विश्वविद्यालय
- मास्टर इन ई-गभर्नेन्स
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
- मास्टर अफ अप्लाइड साइन्स इन आर्टिफिसियल इन्टेलिजेन्स
- मास्टर अफ अप्लाइड साइन्स इन डेटासाइन्स
विदेशी विश्वविद्यालयहरू
- सफ्टवेरिका कलेज: MSC डेटा साइन्स एन्ड कम्प्युटेस्नल इन्टेलिजेन्स
- इस्लिङटन कलेज: MSC IT इन डेटा एनालिटिक्स
- द ब्रिटिस कलेज: MSC इन्फर्मेसन एन्ड टेक्नोलोजी
- प्रेसिडेन्सियल कलेज: MSC इन इन्फर्मेसन टेक्नोलोजी
यी कलेजहरू र कार्यक्रमहरूले विद्यार्थीलाइ सूचना प्रविधिको क्षेत्रमा उच्च शिक्षा र व्यावहारिक सीप प्रदान गर्ने लक्ष्य राखेका छन्।



