२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

फक्सवागनको लगानी रहेको नर्थभोल्ट आर्थिक संकटमा

images

  • २०८१ मंसिर १०, सोमबार
  • 1.6K
    SHARES
  • फक्सवागनको लगानी रहेको नर्थभोल्ट आर्थिक संकटमा

    काठमाडौं : यूरोपको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी नर्थभोल्ट गम्भीर आर्थिक संकटमा परेको छ। फक्सवागनजस्ता प्रमुख लगानीकर्ता रहेको यो कम्पनीले आर्थिक व्यवस्थापनमा चूक गर्दै संकट सामना गरिरहेको हो। स्विडेनमा मुख्य प्लान्ट रहेको नर्थभोल्टमा फक्सवागनको २१ प्रतिशत हिस्सेदारी छ।

    पछिल्लो समयमा प्लान्ट सञ्चालनका लागि आवश्यक रकमको अभाव भएपछि कम्पनीले अमेरिकामा आफूलाई टाट पल्टिनबाट जोगाउन ब्यांकरप्सी प्रोटेक्सन फाइल गरेको छ। नर्थभोल्टको यस अवस्थाले यूरोपका ठूला गाडी उत्पादक, विशेषगरी फक्सवागन र बिएमडब्लुजस्ता कम्पनीहरूको विद्युतीय सवारी साधन (ईभी) योजना प्रभावित हुने अनुमान गरिएको छ।

    युरोपको महत्वाकांक्षी योजना संकटमा

    सन् २०१६ मा टेस्लाका दुई पूर्व-कार्यकारीले स्थापना गरेको नर्थभोल्टले युरोपियन ब्रान्डलाई आवश्यक ब्याट्री उपलब्ध गराउने लक्ष्य लिएको थियो। सुरुमा ४ अर्ब डलर लगानीसहित लिथियम आयोन ब्याट्री उत्पादनका लागि गिगा फ्याक्ट्री निर्माण गर्ने योजना अघि सारेको कम्पनीले बिएमडब्लु र स्कानिया जस्ता साझेदारहरूबाट समर्थन पाएको थियो।

    पछिल्लो समय भोल्भो र फक्सवागनजस्ता ठूला ब्रान्डसँगको सहकार्यले यसलाई युरोपकै अग्रणी ब्याट्री उत्पादक बनाउने सपना देखिएको थियो। तर २०२२ मा पहिलोपटक ब्याट्री सप्लाई सुरु गरेपछि कम्पनीले १.७ अर्ब डलर ऋणको भारी बोक्नुपर्‍यो।

    आईपीओ र अर्डर गुमाउने संकट

    कम्पनीले २० अर्ब डलर बराबरको आईपीओ जारी गर्ने तयारी गरे पनि सफल हुन नसक्दा आर्थिक संकट झनै गहिरियो। यसै बीच बिएमडब्लुसँगको सम्झौता अनुसार ब्याट्री आपूर्ति गर्न नसक्दा कम्पनीले २ अर्ब डलरको अर्डर गुमायो। यसले नर्थभोल्टमाथि विश्वास घटाउँदै लगेको छ।

    चीनको प्रतिस्पर्धा र युरोपको चुनौती

    चिनियाँ ब्याट्री उत्पादक सिएटिएल र बिवाईडीको बर्चस्व तोड्न नर्थभोल्टलाई युरोपियन सरकार र ठूला कम्पनीहरूले साथ दिए पनि कम्पनीको आर्थिक संकटले युरोपेली ईभी बजारमा ठूलो धक्का पुर्‍याएको छ।

    क्यानाडा, जर्मनी र अन्य युरोपेली मुलुकमा प्लान्ट विस्तार गर्ने योजना बनाएको नर्थभोल्टलाई अमेरिकाको सहयोग पनि प्राप्त थियो। तर पछिल्लो संकटले युरोपेली ईभी बजारको भविष्य नै अनिश्चित बनाएको छ।

    नर्थभोल्टको यो अवस्था युरोपेली ईभी उद्योगका लागि गम्भीर पाठका रूपमा रहने विश्लेषण गरिंदैछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ